पूर्व प्रेमीसहित १२ जनाको हत्या आरोपमा बैंककमा महिला पक्राउ
शुक्रबार, १५ वैशाख २०८०, १० : ४७
बैंकक । आफ्ना १२ साथी र चिनजानलाई साइनाइड खुवाएर मारेको आरोपमा थाई प्रहरीले एक महिलालाई पक्राउ छ । प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि ती महिलालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन् । खानभोङको यात्राकै क्रममा मृत्यु भएको थियो । त्यस क्रममा ती संदिग्ध महिला उनीसँगै थिइन् । प्रहरीले पैसाका लागि रंग्सिवुतापोर्नले ती महिलाको हत्या गरेको आरोप लगाएको छ । यस विषयमा अनुसन्धान गरिसकेपछि प्रहरीले रंग्सिवुतापोर्नले आफ्नो पूर्व प्रेमी सहित अन्य ११ जनाको पनि हत्या गरेको बताएको छ। तर, उनले प्रहरीले लगाएको आरोप अस्वीकार गरेकी छन् । पक्राउ परेका महिलाको धरौटीमा छाड्ने निवेदनसमेत खारेज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण