पहिचानवादीले देखाए ओलीलाई कालो झण्डा, एमालेले गर्यो प्रतिकार
शुक्रबार, १५ वैशाख २०८०, १४ : ४०
तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका छन् । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आफ्नो जन्मथलो आठराई तेह्रथुम पुगेका ओलीलाई पहिचानवादी समूहले कालो झण्डा देखाएको हो ।
लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर गएका ओली शुक्रबार आठराई–५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी समूहले ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन ।
यस्तै एमालेका कार्यकर्ताहरुले नाराबाजी गर्दै पहिचानवादीको प्रतिकार गरेका थिए । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका समूहलाई प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
शिक्षालयको भवन उद्घाटनमा अध्यक्ष ओली दम्पतीसहित एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ आठराई पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलविद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण