लागूपदार्थ सेवन गरी बस चलाउने चालकसहित ४ जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको थानकोटमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी विद्यार्थी बोकेको बस चलाउने चालक सहित ४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३-०१ ००६ ख ०६३० नम्बरको बसका चालक धादिङको गल्छी गाउँपालिका ९ का चन्द्र बहादुर तामाङ, ग१य ११ १२ नम्बरको पर्यटक गाडीका चालक गल्छी गाउँपालिका ६ का दीर्घ बहादुर मग्राती, बा१६च ९३६९ नम्बरको कार चालक गल्छी गाउँपालिका ३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका राजु तामाङलाई लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । २० ओटा सवारी साधन चेक गर्दा लागूपदार्थ सेवन गरी चलाउँदै गरेका ४ जना चालक फेला पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
-
‘सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व’
-
चीनमा ६० हजार टन चामल निर्यात गर्दैछ पाकिस्तान
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण