आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लागूपदार्थ सेवन गरी बस चलाउने चालकसहित ४ जना नियन्त्रणमा

शुक्रबार, १५ वैशाख २०८०, २० : ४२
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । काठमाडौँको थानकोटमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी विद्यार्थी बोकेको बस चलाउने चालक सहित ४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३-०१ ००६ ख ०६३० नम्बरको बसका चालक धादिङको गल्छी गाउँपालिका ९ का चन्द्र बहादुर तामाङ, ग१य ११ १२ नम्बरको पर्यटक गाडीका चालक गल्छी गाउँपालिका ६ का दीर्घ बहादुर मग्राती, बा१६च ९३६९ नम्बरको कार चालक गल्छी गाउँपालिका ३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका राजु तामाङलाई लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।  २० ओटा सवारी साधन चेक गर्दा लागूपदार्थ सेवन गरी चलाउँदै गरेका ४ जना चालक फेला पारेका हुन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप