सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका-६ स्थित सडकमा सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सु.प्र.प्र.०१००२ त २९९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-२ गेउरीयास्थित सडकमा प्र.१-०२-००१ ख ८६८४ नम्बरको टिपरले मे.४ प ६८६५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-८ बस्ने ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आर्या न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता काभ्रेको धुलिखेल नगरपालिका-९ पानीट्याङकीस्थित सडकमा बा.५ ख ५६२९ नम्बरको बसले बा.प्र.०२-०२९ प ०८४० नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका-११ बस्ने ३० वर्षीय विशेष तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण