ओखलढुङ्गामा नमुना गाउँ सभाको अभ्यास
ओखलढुङ्गा । सभाहलको ढोकामा कडा सुरक्षा छ । जनप्रतिनिधि र गाउँसभा सदस्यहरू लामबद्ध छन् । हल प्रवेशका लागि आफ्नो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति सभा हलमा जान पाउँदैनन् । सभा हलभित्र तोकिए अनुसारको आफ्नो स्थानमा बस्नुपर्छ । तोकेको स्थानभन्दा फरक स्थानमा बसे तत्काल मर्यादा पालकले नियममा ल्याउन अग्रसर हुन्छन् ।
अगाडि मञ्चमा पालिका प्रमुख, उपप्रमुख र सचिव प्रमुख प्रशासकीय अधिकृत छन् । मञ्चको अघिल्लो लाइनमा गाउँपालिकाका १ देखि ८ सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरू छन् । सभामा गाउँपालिका प्रमुखले आगामी वर्षका लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । सभाका सदस्य त्यसलाई सुनिरहेका छन् । यो दृश्य हेर्दा लाग्थ्यो साँच्चिकै यहाँ गाउँपालिकाको सभा चलिरहेको छ । तर, यो दृश्य हो, ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा युवाले सञ्चालन गरेको नमुना युवा संसद् कार्यक्रम अन्तर्गत नमुना गाउँ सभा अभ्यास कार्यक्रमको ।

युवाहरूले राजनीतिक नेतृत्वलाई युवाका मुद्दाप्रति सचेत गराउन र युवालाई संसदीय अभ्यासमा लैजान युवा संसद् सञ्चालन गरिएको मोलुङ स्टार युवा क्लबका सचिव एवं कार्यक्रमका प्रशिक्षक गोपाल नेपालले जानकारी दिए । गत वर्ष सो कार्यक्रम मोलुङ गाउँपालिकाले आयोजना गरेको थियो । उक्त कार्यक्रम योपटक भने विगतकै निरन्तरता स्वरूप मोलुङ स्टार युवा क्लवले सञ्चालन गरेको हो ।
उनले गाउँपालिकाका प्रत्येक वडाबाट ३/३ जना, गाउँपालिकाबाट ६ जना र मोलुङ स्टार युवा क्लबको तर्फबाट ८ जना गरेर ३८ जना युवा सहभागी गराइएको बताए । चार दिनसम्म उनीहरूलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिई नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।
युवाले सञ्चालन गरेको नमुना युवा सांसद अभ्यास मोलुङ गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले उद्घाटन गरेकी थिइन् भने समापनमा सांसद हर्कबोल राई उपस्थित भएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, पूर्व गाउँपालिका अध्यक्ष, केहि वडाका वडा अध्यक्ष अध्यक्ष, सदस्य, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण