आर्यन र मुकुनको ‘दौतरी’ मा गरिमा
आइतबार, १७ वैशाख २०८०, १३ : ४३
काठमाडौंँ । मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘दौतरी’ मा मोडल गरिमा शर्मा भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले उनलाई छनोट गरेको हो । फिल्म अभिनय बिषयमा शनिबार गरिमा र निर्माण युनिटबीच सम्झौता भएको छ । गरिमाले यसअगाडि फिल्म ‘लण्डन टु पेरिस’ अभिनय गरेकी छन् । जसको प्रदर्शन बाँकी रहेको छ । फिल्मको सुटिङ वैशाखको अन्तिम साताबाट सुरु हुँदैछ ।
फिल्ममा आर्यन सिग्देल, मुकुन भुसालको पनि मुख्य भूमिका रहने छ । फिल्मको लेखन लक्ष्मण सुवेदीले गरेका हुन् । जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ । फिल्मको निर्माता छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवनकुमार काफ्ले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण