आर्यन र मुकुनको ‘दौतरी’ मा गरिमा
आइतबार, १७ वैशाख २०८०, १३ : ४३

काठमाडौंँ । मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘दौतरी’ मा मोडल गरिमा शर्मा भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले उनलाई छनोट गरेको हो । फिल्म अभिनय बिषयमा शनिबार गरिमा र निर्माण युनिटबीच सम्झौता भएको छ । गरिमाले यसअगाडि फिल्म ‘लण्डन टु पेरिस’ अभिनय गरेकी छन् । जसको प्रदर्शन बाँकी रहेको छ । फिल्मको सुटिङ वैशाखको अन्तिम साताबाट सुरु हुँदैछ ।
फिल्ममा आर्यन सिग्देल, मुकुन भुसालको पनि मुख्य भूमिका रहने छ । फिल्मको लेखन लक्ष्मण सुवेदीले गरेका हुन् । जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ । फिल्मको निर्माता छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवनकुमार काफ्ले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अस्थायी रोक
-
ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह
-
बेंगलुरु दुर्घटना : भागदौडको घटनामा दुई जना पक्राउ
-
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
-
अपाङ्गता भएका व्यक्तिका लागि 'प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम' असार २० र २१ गते विराटनगरमा हुने
-
गृहमन्त्री मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक