बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘तिम्रो लागि’ भन्दै अनुजसँग रोमान्टिक पूजा

आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वर रहेको प्रेमिल शैलीको गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ । गीतमा शब्द दिग्गज धौरालीको छ, भने संगीत अर्जुन पोखरेलले दिएका छन् । गीतको संगति संयोजन आदेश गुर्माचनले गरेका हुन् । 

गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अनुज गुरुङको अभिनय छ । पूजा र अनुज एक प्रेमजोडीको रुपमा भिडियोमा प्रस्तुत भएका छन् । 

भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको भिडियोमा निकेश खड्काले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया