प्रधानमन्त्री प्रचण्डले गरे रविलाई सरकारमा आउन आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । आइतबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले भेटेरै बधाई दिने भन्नुभयो । सभापतिज्यू बालुवाटार भेट्न जानुभयो । बधाई दिनुभयो’ रास्वपाका एक नेताले भने, ‘राजनीतिक नेता भेट्न गएपछि केही कुरा हुने भयो । उहाँ (प्रधानमन्त्रीज्यू) ले सरकारमा आउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने भन्नुभयो ।’ प्रधानमन्त्री प्रचण्ड रवि सरकारमा आए आफूलाई सहज हुने बुझाईमा छन् । तर, रविले सरकारमा जाने र समर्थन फिर्ताको विषयमा बैठकबाट आधिकारिक निर्णय गर्ने जवाफ दिएको ती नेताले बताए । भेटमा रविले पार्टी बैठकबाट एक मतले जस्तो निर्णय गर्छ त्यो कार्यन्वयन गरेर जाने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण