आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डले गरे रविलाई सरकारमा आउन आग्रह

आइतबार, १७ वैशाख २०८०, १५ : ५८
आइतबार, १७ वैशाख २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । आइतबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले भेटेरै बधाई दिने भन्नुभयो । सभापतिज्यू बालुवाटार भेट्न जानुभयो । बधाई दिनुभयो’ रास्वपाका एक नेताले भने, ‘राजनीतिक नेता भेट्न गएपछि केही कुरा हुने भयो । उहाँ (प्रधानमन्त्रीज्यू) ले सरकारमा आउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने भन्नुभयो ।’  प्रधानमन्त्री प्रचण्ड रवि सरकारमा आए आफूलाई सहज हुने बुझाईमा छन् । तर, रविले सरकारमा जाने र समर्थन फिर्ताको विषयमा बैठकबाट आधिकारिक निर्णय गर्ने जवाफ दिएको ती नेताले बताए । भेटमा रविले पार्टी बैठकबाट एक मतले जस्तो निर्णय गर्छ त्यो कार्यन्वयन गरेर जाने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप