चलचित्र पत्रकार संघले गर्यो सम्मान तथा पुरस्कार घोषणा
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले यो वर्ष (२०८०)को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । समीर बलामीको अध्यक्षतामा आइतबार बसेको बैठकले सम्मान तथा पुरस्कार निर्णय गरेको हो ।
संघले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’ लाई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योती थापा र कुबेर डंगोललाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।
त्यस्तै यो वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोसान पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ ।
त्यस्तै संघले यसै वर्षबाट थपेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ शान्ति प्रियलाई दिने निर्णय गरेको छ । शान्ति प्रिय संस्थापक महासचिव तथा पूर्व अध्यक्ष पनि हुन् । रजत सम्मानमा ५५ हजार नगद राशि रहेको छ ।
बैठकले संघका पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशील चलचित्र पत्रकारहरूलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको छ । यसको लागि आफ्नो वेभसाईटमा सदस्यता फारम राखिएको जानकारी समेत संघमा महासचिव रघुनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण