मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु

आइतबार, १७ वैशाख २०८०, २१ : २१
आइतबार, १७ वैशाख २०८०

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । 

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

स्थानीय चेतबहादुर भुसालको घरको इनार सफा गर्ने क्रममा इनार भासिएर दुर्घटना भएको उनले बताए ।

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा थारु बेपत्ता भएका थिए । स्थानीय र प्रहरीसहितको टोलीले इनारभित्र थारुलाई साँझ मृत फेला पारेको सूचना अधिकारी पाठकले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप