कोइरी अन्ततः निलम्बनमा पर्ने
काठमाडौँ । फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन् । नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः पठाएपछि उनलाई निलम्बन गर्ने तयारी सभामुखले गरेका हुन् ।
प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ । संसद्मा कोइरीको अनुपस्थितिबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले फरारको सूचना पठाउन प्रहरीलाई 'रुलिङ' गरेका थिए । यसअघिको सूचनाबमोजिम कारबाही भयो भएन भन्दा पनि आफू सभामुख भएपछि पुनः सूचना आवश्यक परेको भन्ने आशयका साथ उक्त रुलिङ भएको थियो । सभामुखमाथि कोइरीको पद लम्ब्याउन खोजेको आरोप लागेको थियो । कोइरीले लगातार २१ वटा बैठकमा अनुपस्थित हुनुको कारण बिरामी परेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए । सभामुखले उनको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए । तर सत्तारूढ दलहरू त्यसको विरोधमा उत्रिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण