शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बलमा तीन छक्का,  राजस्थानमाथि मुम्बईको जित

सोमबार, १८ वैशाख २०८०, ०६ : ३५
सोमबार, १८ वैशाख २०८०

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १००० औँ खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । राजस्थानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पछ्यायो ।

रोमाञ्चक खेलमा मुम्बईलाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो। टिम डेभिडले पहिलो ३ बलमा ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । डेभिड १४ बलमा ४५ रन बनाएर नटआउट रहे ।
यसअघि मुम्बईका लागि सूर्यकुमार यादवले २९ बलमा ५५ रन बनाए । उनी आउट हुँदा मुम्बईलाई ४ ओभरमा ५७ रन चाहिएको थियो। १६औं ओभरमा सूर्यकुमार यादवको विकेट खसेपछि ब्याटिङमा आएका टिम डेभिडले टोलीलाई जीतसम्म डोर्‍याए । 

पहिलो इनिङ्समा राजस्थानका २१ वर्षीय यशस्वी जैसवालले ५३ बलमा शतक प्रहार गर्दै टोलीको स्कोर २ सयभन्दा माथि पुर्‍याएका थिए । उनले ६२ बलमा १२४ रन बनाएर नटआउट रहे । यो उनको आईपीएल करियरको पहिलो शतक पनि हो ।  यही प्रदर्शनका लागि यशस्वीले प्लेयर अफ द म्याचको अवार्ड पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप