तीन बलमा तीन छक्का, राजस्थानमाथि मुम्बईको जित
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १००० औँ खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । राजस्थानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पछ्यायो ।
रोमाञ्चक खेलमा मुम्बईलाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो। टिम डेभिडले पहिलो ३ बलमा ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । डेभिड १४ बलमा ४५ रन बनाएर नटआउट रहे ।
यसअघि मुम्बईका लागि सूर्यकुमार यादवले २९ बलमा ५५ रन बनाए । उनी आउट हुँदा मुम्बईलाई ४ ओभरमा ५७ रन चाहिएको थियो। १६औं ओभरमा सूर्यकुमार यादवको विकेट खसेपछि ब्याटिङमा आएका टिम डेभिडले टोलीलाई जीतसम्म डोर्याए ।
पहिलो इनिङ्समा राजस्थानका २१ वर्षीय यशस्वी जैसवालले ५३ बलमा शतक प्रहार गर्दै टोलीको स्कोर २ सयभन्दा माथि पुर्याएका थिए । उनले ६२ बलमा १२४ रन बनाएर नटआउट रहे । यो उनको आईपीएल करियरको पहिलो शतक पनि हो । यही प्रदर्शनका लागि यशस्वीले प्लेयर अफ द म्याचको अवार्ड पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026