लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन श्रमिकहरुको महत्वपूर्ण योगदान : प्रदेश प्रमुख शर्मा
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक शासन व्यवस्था ल्याउन श्रमिकहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् । मे १ (अन्तर्राष्ट्रिय मजदूर दिवस) का अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै शर्माले सो कुरा बताएका हुन् । प्रदेश प्रमुख शर्माले संविधानमा सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको बताए ।
‘हाम्रो देश नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकहरुको महत्वपूर्ण योगदान रहेको छ । नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ ।’ प्रदेश प्रमुख शर्माले जारी गरेको शुभकामना लेखिएको छ ।
नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको बताउँदै उनले आफ्नो अधिकारका लागि लड्ने मजदुरहरुले पुर्याएको योगदानको उच्च मूल्याङ्कन बताएका छन् । प्रदेश प्रमुख शर्माले सन् १८८६ मा अमेरिकाको सिकागोमा‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक संघर्षमार्फत् मजदुहरुले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने बताएका छन् । श्रमिकहरुका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा उनले जोड दिएका छन् ।
‘आज यो दिवस मनाइरहँदा श्रमिकहरुका लागि अनुकूल श्रम वातावरण,उचित पारिश्रमिक, क्षमता बमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षा लगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ । दिवसले संसारभरका सम्पूर्ण श्रमजिवीहरुलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् ।’ उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण