समाचार
कैलालीमा वन अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाइयो
सोमबार, १८ वैशाख २०८०, १२ : २०
धनगढी । कैलालीको अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गराउन वन कार्यालयले डोजर चलाएको छ । गोदावरी नगरपालिका अत्तरियास्थित चौकी डाँडामा अतिक्रमित वन र सडक क्षेत्र खाली गराउन सोमबार डोजर चलाइएको हो । डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम ढकालले करिब ५ सय बढी घर टहरा हटाएको र हालसम्म हटाउने काम जारी रहेको जानकारी दिए ।

३ वर्षदेखि जंगल किनारमा टहरा निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिने निमित्त प्रमुख ढकालले रातोपाटीलाई बताए । वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गरिएको हो । अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण