शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कैलालीमा वन अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाइयो

सोमबार, १८ वैशाख २०८०, १२ : २०
सोमबार, १८ वैशाख २०८०

धनगढी । कैलालीको अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गराउन वन कार्यालयले डोजर चलाएको छ । गोदावरी नगरपालिका अत्तरियास्थित चौकी डाँडामा अतिक्रमित वन र सडक क्षेत्र खाली गराउन सोमबार डोजर चलाइएको हो । डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम ढकालले करिब ५ सय बढी घर टहरा हटाएको र हालसम्म हटाउने काम जारी रहेको जानकारी दिए ।

३ वर्षदेखि जंगल किनारमा टहरा निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिने निमित्त प्रमुख ढकालले रातोपाटीलाई बताए । वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गरिएको हो । अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप