सेगवे इलेक्ट्रिक स्कुटरमा पूर्व–पश्चिम यात्रा, जम्मा खर्च ६५० रुपैयाँ !
काठमाडौँ । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले पूर्वको काँकडभिट्टादेखि पश्चिमको महेन्द्र नगरसम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । दुई वटा ब्याट्री र दुई वटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटरले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको कम्पनीले जनाएको छ ।
योे यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

६ रात ७ दिनको यात्राका लागि दुई वटा ब्याट्री र दुई वटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरानमा चार्जिङ खर्च रु ६५० मात्रै खर्चिएका थिए । यस किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरूमा वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको कम्पनीले जनाएको छ । यस्तै इन्धनको माग घटाउन प्रोत्साहन दिएको पनि कम्पनीको भनाए छ ।
‘सेगवे ई१०० इलेक्ट्रिक स्कुटर मार्फत पूर्वदेखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्त्वपूर्ण कोसेढुङ्गा हो र यसले विद्युतीय सवारी साधनहरूको क्षमतालाई प्रदर्शन गर्दछ । धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्पहरू विस्तार गर्दै यातायातको स्वच्छ, हरियाली मोडहरू तर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ’, कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण