अध्यक्ष लिङ्देन भन्छन्–श्रमिकहरूलाई शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् ।
सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई निःशुल्क रूपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन् ।
श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने उनले बताए । सबै श्रमिकहरूलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि उनले बताए ।
अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरूले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । देशका श्रमिकहरूलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण