सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

फिलिपिन्स सैन्य मञ्चन गर्ने स्थल बन्ने छैन : राष्ट्रपति मार्कोस

सोमबार, १८ वैशाख २०८०, १६ : २३
सोमबार, १८ वैशाख २०८०

मनिला । फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोसले आफ्नो सोमबार अमेरिकी समकक्षी जो बाइडेनसँग हुने भेटवार्ताअघि फिलिपिन्सलाई सैन्य कारबाहीका लागि ‘स्टेजिङ पोस्ट’ बन्न नदिने बताएका छन् ।  

फिलिपिन्स र यस क्षेत्रका सहयोगी राष्ट्रहरूले चीनको बढ्दो आक्रामकता र विवादित पानी, टापुहरू र किनारहरूमा चीनको व्यापक दाबीको सामना गर्न चाहन्छन् । यसैका लागि मनिलाले हालै वासिङ्टनलाई थप फिलिपिनी सैन्य अखडाहरूमा पहुँच प्रदान गरेको छ ।

“फिलिपिन्सलाई अन्य कुनै पनि देशले संलग्न गराउने कुनै पनि उत्तेजक कार्यलाई हामी प्रोत्साहन गर्ने छैनौं,” मार्कोसले आइतबार वासिङ्टन जाने क्रममा विमानमा पत्रकारसँग भने।

उनले भने,“हामी फिलिपिन्सलाई कुनै पनि प्रकारको सैन्य कारबाहीका लागि ‘स्टेज पोस्ट’ को रूपमा प्रयोग गर्न दिने छैनौँ ।”

फिलिपिन्सको तटरक्षक बलको जहाजसँग ठोक्किएपछि दक्षिण चीन सागरमा ‘उत्तेजक र असुरक्षित आचरण’ रोक्न अमेरिकाले चीनलाई आग्रह गरेपछि मार्कोसको यो भ्रमण हुन लागेको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले शनिबार भने, “हामी बेइजिङलाई आफ्नो उत्तेजक र असुरक्षित आचरणबाट अलग रहन आग्रह गर्दछौं । मनिला र वासिङ्टनबीच सन् १९५१ मा भएको पारस्परिक प्रतिरक्षा सम्झौता छ ।

अप्रिल २३ को घटना दुवै पक्षको हताहती निम्त्याउन सक्ने दुर्घटना नजिकको घटना थियो, ”फिलिपिन्सको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा मार्कोसले भने, “हामी यही कुराबाट बच्न चाहन्छौं,” ।

फिलिपिन्सका नेताले यसै वर्षको सुरुमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण चीन सागरमा अतिव्यापी दाबीसँग सम्बन्धित विषयमा ’प्रत्यक्ष सञ्चार संयन्त्र’ स्थापना गर्न भएको सहमतिलाई पालना गर्न चीनलाई आग्रह गरेका छन् ।

मार्कोसका अनुसार मनिलाले आफ्नो टोली गठन गरेको छ भने बेइजिङले यस सम्बन्धमा अझै कुनै कदम चालेको छैन । 

बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई ‘बेवास्ता’ गरेको छ । 

मार्कोसले चीनलाई समुद्रमा फिलिपिन्सको अधिकारकुण्ठित हुन नदिने बताउँदै आएका छन्  भने रक्षा सम्बन्धलाई मजबुत बनाउन अमेरिकातर्फ आकर्षित भएका छन् । 

गत महिना फिलिपिन्सले चार वटा सैन्य अखडाको पहिचान गरेको थियो, जसमा पाँचवटा विद्यमान स्थलका अतिरिक्त अमेरिकी सेनाको पहुँच हुनेछ । जसमध्ये एउटा विवादित स्प्राट्ली टापु नजिक र दुईवटा ताइवानको सामना गर्नुपर्ने छ ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप