दलका उपनेता श्रेष्ठलाई रास्वपाले दियो २ वटा विभागको जिम्मेवारी
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पार्टीको दुई विभागको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई मुद्रा एवम् पुँजी बजार र दिगो विकास विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
गत मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौँ–८ बाट निर्वाचित सांसद श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त विभागहरूको जिम्मेवारी दिएको हो । रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा श्रेष्ठले पनि जिम्मेवारी पाएका हुन् ।
विवेकशील साझा पार्टीको समानुपातिक सूचीबाट २०७४ मा बागमती प्रदेशसभा सदस्य रहेका श्रेष्ठ गत निर्वाचनमा रास्वपाको चुनाव चिन्हबाट निर्वाचन लडेका थिए । उनले सत्ता गठबन्धनका उम्मेदवार पूर्व मन्त्री जीवनराम श्रेष्ठलाई पराजित गरेका थिए ।
वातावरण संरक्षण र जलवायु परिवर्तनका विषयका जानकार श्रेष्ठ आफ्नो आगामी कार्य योजना अर्थ र दिगो विकासतर्फ केन्द्रित गर्न चाहन्छन् । श्रेष्ठले बागमती प्रदेशसभा सदस्य रहँदा उद्योग पर्यटन तथा वातावरण समितिमा रहेर विभिन्न सृजनात्मक काम गरेका थिए । उनले प्रदेशसभाको नीति तथा कार्यक्रम वातावरण मैत्री र विकासका मोडल स्थानीय वातावरण अनुकूल बनाउन प्रदेशसभाको विभिन्न ऐनहरूमा संशोधनसहित आफ्ना विचार समावेश गरेका थिए ।
श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य थिए । फरक मत राखेको आधारमा उनलाई तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले कारबाही गर्न प्रक्रिया अघि बढाएपछि पार्टी परित्याग गरेर रास्वपाको चुनाव चिन्हबाट निर्वाचन लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण