सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम विभाले भन्यो - आजको वर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्

मङ्गलबार, १९ वैशाख २०८०, ०७ : २९
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौं। आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवाश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ । 

‘देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुनेछ ।  ुमङ्गलबार पनि पहाडी क्षेत्रमा बर्षा हुनेछ भने तराईमा केही मात्रामा घटदै जानेछ, बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ”, उनले भने । उनका अनुसार बुधबारदेखि भने केही बर्षावाला मौसम कमजोर हुदैँ जानेछ ।

 आज नेपाल र स‌युक्त अरब इमिरेटस युएईका  बिचमा सोमबार पुरा हुन नसकेको खेल आज हुँदैछ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला पानी पर्न सुरु भएपछि रोकिन पुगेको थियो । रोकिएको उक्त खेल सुरु गर्न प्रतिक्षा गरे पनि पानी नरोकिए पछि दिउँसो ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेको हो । जुन खेल आज ९ बजेबाट सुरु हुँदैछ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

 यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप