एआईका दिग्गज जेफ्री हिन्टनले गुगलको जागिर छोड्दै भने, ‘यो क्षेत्र खतरनाक बन्दैछ’
आर्टिफिसियल इन्टेलिजेन्स ( एआई ) का ‘गड फादर’ मानिने जेफ्री हिन्टनले यस क्षेत्रमा नयाँ प्रयोग खतरनाक बन्दै गएको भन्दै गुगलबाट राजीनामा दिएका छन् ।
७५ वर्षीय हिन्टन आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा गरेको कामप्रति अहिले पछुताएका छन् । उनले न्यु योर्क टाइम्समा लेख लेख्दै खराब मानिसले यसको गलत प्रयोग गर्न सक्ने बताएका छन् ।
बीबीसीसँगको कुराकानीमा पनि उनले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग सम्बन्धित केही खतराहरू ‘धेरै डरलाग्दा’ भएको बताए । उनले च्याटबोटले मानिसको दिमागमा आउन सक्ने जानकारीको स्तर पार गर्न सक्ने सम्भावना औंल्याए ।
हिन्टनले बटको बारेमा भने, ‘अहिले यो मानिसभन्दा बुद्धिमान छैन, तर जहाँसम्म म भन्न सक्छु, यो छिट्टै हामीभन्दा बढी बौद्धिक बन्न सक्छ ।’
हिन्टनको गहिरो अध्ययन र न्युरल नेटवर्क क्षेत्रमा गरिएको महत्त्वपूर्ण अनुसन्धानले नै च्याट जिपिटीजस्ता वर्तमान आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको मार्ग प्रशस्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण