शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डमा प्रधानमन्त्रीकी उम्मेदवारले छोरी जन्माइन् : पूर्व प्रमकी छोरी हुन् शिनवात्रा

मङ्गलबार, १९ वैशाख २०८०, ११ : ०८
मङ्गलबार, १९ वैशाख २०८०

थाइल्याण्डमा १४ मेमा आम निर्वाचन हुँदै छ । प्रधानमन्त्री पदका लागि प्रत्याशीमध्ये ३६ वर्षकी पेइतोनगर्न शिनवात्राको दाबी सबैभन्दा बलियो मानिँदै छ । देशमा उनलाई प्रेमपूर्वक उङ इङ भनेर बोलाइन्छ ।

इङले सोमबार छोरी जन्माएकी हुन् । यसको जानकारी उनी आफैँले सोसल मिडियामा फोटो हालेर दिएकी छिन् । छोरीको नाम थासिन राखिएको छ ।

thailand1गर्भावस्थामा पनि अभियानमा समावेश

–शिनवात्रा गर्भवती हुँदा पनि सक्रिय रूपमा चुनावी अभियानमा समावेश भइरहेकी थिइन् । हालसम्म जारी सर्वेक्षणमा उनको फेयु थाई पार्टीलाई जीतको सबैभन्दा बलियो दाबेदार मानिँदै छ । यसै पार्टीले आधिकारिक रूपमा उनलाई प्रधानमन्त्री पदको दाबेदार बनाएको छ ।

– ५०० सदस्य भएको संसद्मा शिनवात्राको पार्टीले नै सबैभन्दा बढी सिट पाउने र उनी नै प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । सेनाको समर्थन भएको पार्टीले जित्छ वा उङ इङको पार्टीले, त्यो भने हेर्न बाँकी छ । 

– सन् २००६ मा उङका पिता थाक्सिन शिनवात्रा र सन् २०१४ मा उनकी काकी यिङलकको सरकारलाई सैन्य कूमार्फत् हटाइएको थियो । अब यो परिवारको तेस्रो पीढीको सत्तालाई सबैभन्दा बलियो दाबेदार मानिँदै छ । 

thailand2अर्ब पति परिवारसँग सम्बन्ध

– उङका पिता पहिला प्रहरी अधिकारी थिए । पछि टेलिकम कम्पनी सुरु गरे र हेर्दा हेर्दै देशका सबैभन्दा धनी व्यक्ति बने । त्यसपछि उनी राजनीतिमा उत्रिए र सन् २००१ मा प्रधानमन्त्री बने । उनले निःशुल्क स्वास्थ्यका लागि र गाउँको विकासका लागि धेरै काम गरे । यसै कारण सन् २००५ मा दोस्रो पटकको चुनावमा पनि उनले जिते ।

– सन् १९३२ पछि कुनै प्रधानमन्त्रीले एक नभई दुई कार्यकाल पुरा गरेको यो पहिलो पटक थियो । यद्यपि, देशको सेना भने थाक्सिनको सफलताले खुसी थिएन, त्यसैले सन् २००६ मा उनले सैन्य कू गरेर उनलाई सत्ता च्युत गरिदिए ।

– सन् २००८ मा थाक्सिनले देश छोडे र परिवारसमेत लन्डन र दुबईमा बस्न थाले । सेनाले उनीमाथि विभिन्न खालको आरोप लगाएका थिए र उनलाई जेल हाल्ने तयारीसमेत थियो । छोरी उङ दोस्रो पटक आमा बनेपछि थाक्सिनले सोसल मिडियामा भने, ‘सातौँ पटक हजुरबुवा बनेको छु । दुःखको कुरा यो हो कि मेरो परिवारमा यो सातौँ बच्चा हो र हरेक पटक म देश बाहिर थिएँ । आशा गर्छु कि जुलाईमा जब म ७४ वर्षको हुनेछु तब सायद सबै बच्चालाई देख्न पाउनेछु ।’

देश फर्कन सक्छन् थाक्सिन

थाइल्याण्डमा उङका पिता थाक्सिनलाई माफी दिएर देश फर्कने अनुमति दिइने चर्चा छ । वर्तमान प्रधानमन्त्री प्रयुथ चानओचाले यसको विरोध गरेका छैनन् । उङको पार्टीले थुप्रै चुनावी वचन दिएको छ । 

थाइल्याण्डमा साधरणतया चुनाव शान्तिपूर्ण तरिकाले हुन्छ । तर यस पटक उङको लोकप्रियतालाई मध्यनजर गर्दै सेनाले चुनावी हिंसा गराउने हो कि भन्ने धेरैको आशङ्का छ । यसका लागि सेनाले एक यूथ ब्रिगेडको प्रयोग सुरु गरेको छ । उनीहरुले शिनवात्राको विरोध गरिरहेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप