नेपालले जितेको के हो ? प्रधानमन्त्री नै अनभिज्ञ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । मंगलबार नेपालले यूएईमाथि सात विकेटको जीत हासिल गरेको हो ।
प्रधानमन्त्री दाहालले एक ट्वीट गर्दै नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । उनले खेलाडीहरुको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यद्यपि, प्रधानमन्त्री दाहाल नेपालले के जितेको हो भनेर अनभिज्ञ देखिएका छन् । उनले ‘एसिया कप विजेता’ नेपाली टोलीलाई बधाई दिएका छन् । यद्यपि, आज नेपालले एसिया कप जितेको भने होइन, आजको जीतपछि नेपालले एसिया कपमा स्थान बनाएको हो ।

पछि प्रधानमन्त्रीको आधिकारिक ट्वीटरबाट गरिएको सो ट्वीट सच्याइएको छ ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
— PMO Nepal (@PM_nepal_) May 2, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण