जसपाको कार्यालयमा मन्त्री बन्नेहरूको चहलपहल
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट चुनाव जितेर काठमाडौँ आएपछि पार्टी कार्यालयमा चहलपहल बढेको छ ।
चुनाव अवधिभर सुनसान रहेको बालकुमारस्थित पार्टी कार्यालय हिजैदेखि चहलपहल बढेको छ । त्यो चहल पहल अरू केहीका लागि होइन, मन्त्री बन्नका लागि हो । वर्तमान सरकारमा जसपाले दुईटा मन्त्रालय पाएको हो । त्यसमध्ये शिक्षा मन्त्रीमा सङ्घीय परिषद्का अध्यक्ष अशोक रायलाई पठाइ सकेका छन् ।
एउटा मन्त्रालय बाँकी छ । त्यही एउटा मन्त्रालयका लागि पार्टीमा तछाडमछाड चलिरहेको छ । बारा–२ मा भएको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेको कारण त्यसमा कुनै प्रकारका प्रभाव नपरोस् भनेर भनेर कसैलाई त्यसबेला मन्त्री बनाएको थिएन । कोही एक जना मधेस प्रदेशबाट नै मन्त्री बन्छन् ।
चुनावअघि नै अरू कोही एक जनालाई मन्त्री मनाउँदा बाँकी आकाङ्क्षीले चुनावमा प्रभाव पार्न सक्थे त्यो थाह पाएर उपेन्द्र यादवले कसैलाई मन्त्री बनाएका थिएन । चुनाव जितेर आइसकेपछि अहिले नेताहरूको चहलपहल बढेको छ ।
मन्त्रीको आकाङ्क्षीमा जसपाका कार्यकारिणी सदस्य राज किशोर यादव, प्रदीप यादव, डा.वीरेन्द्र महतो, रेखा यादव, रञ्जु ठाकुरलगायत नेताहरू दौडमा छन् । यी नेताहरू पहल थालेका छन् । यी नेताका कार्यकर्ताहरूको चहल पहल पार्टी कार्यालयतिर देखिएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा सदस्यमा आज १ वजे शपथ लिँदै छन् । शपथपछि पार्टीमा छलफल गरेर मन्त्रीलाई पठाउने तयारीमा रहेको बुझिएको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले मन्त्री पठाउने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष यादवलाई यसअघि नै दिइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहणको समय तय गरेपछि जसपाबाट मन्त्रीको नाम जाने बताए । चुनाव जितेर अध्यक्ष यादव हिजै मात्र काठमाडौँ आइ पुगेका हुन्, आज शपथ हुन्छ त्यसपछि सरकारलगायतको विषयमा छलफल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण