अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने पक्राउ
मङ्गलबार, १९ वैशाख २०८०, १३ : २४
काठमाडौँ । अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सत्याललाई पक्राउ गरेको हो ।
जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारेको प्रहरीको भनाई छ । उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ । कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण