१५ वर्षमा पहिलो पटक हलिउडमा हडताल

हलिउडका टिभी र सिनेमाका लेखक मङ्गलवार हडतालमा उत्रिएका छन् । थुप्रै स्टुडियोमा तलबसँग सम्बन्धित मुद्दामा कुरा नमिलेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।
पछिल्लो १५ वर्षमा पहिलो पटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् यसका ९८ प्रतिशत मतदाता हडतालमा छन् । गिल्डले ट्विटरमा स्थानीय समय अनुसार १२ बजेदेखि उनीहरू हडतालमा भएको जानकारी दिएको छ ।
हड्तालका कारण थुप्रै लेट नाइट शोमा असर पर्नेछ, यसबाहेक केही फिल्म पनि ढिलो हुनसक्छ ।
मङ्गलवार दिउँसोदेखि धर्ना सुरु हुनेछ । सन् २००७ मा लेखक सय दिनको हडतालमा गएका थिए । जसका कारण दुई बिलियन डलरको क्षति भएको थियो ।
यस पटक लेखकको झगडा एलायन्स मोसन पिक्चर एन्ड टेलिभिजनसँग छ जुन डिजनी र नेटफ्लिक्स जस्ता ठुला स्टुडियोको प्रतिनिधित्व गर्छन् । लेखकले स्ट्रिमिङ प्लेटफर्मबाट बढी तलब र लाभ साझेदारीको माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै
-
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
-
कर्णाली प्रदेश : जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजारभन्दा बढी योजना
-
बुण्डेस लिगामा दोस्रो स्थानको लिभरकुजेनलाई घाटा
-
डेढ अर्बको डीपीआर फालेर २५ करोडमा संसद् भवन बनाउँदै गण्डकी सरकार
-
सडकको चट्टान फोर्न ‘केमिकल’ प्रयोग गरिने