१५ वर्षमा पहिलो पटक हलिउडमा हडताल
हलिउडका टिभी र सिनेमाका लेखक मङ्गलवार हडतालमा उत्रिएका छन् । थुप्रै स्टुडियोमा तलबसँग सम्बन्धित मुद्दामा कुरा नमिलेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।
पछिल्लो १५ वर्षमा पहिलो पटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् यसका ९८ प्रतिशत मतदाता हडतालमा छन् । गिल्डले ट्विटरमा स्थानीय समय अनुसार १२ बजेदेखि उनीहरू हडतालमा भएको जानकारी दिएको छ ।
हड्तालका कारण थुप्रै लेट नाइट शोमा असर पर्नेछ, यसबाहेक केही फिल्म पनि ढिलो हुनसक्छ ।
मङ्गलवार दिउँसोदेखि धर्ना सुरु हुनेछ । सन् २००७ मा लेखक सय दिनको हडतालमा गएका थिए । जसका कारण दुई बिलियन डलरको क्षति भएको थियो ।
यस पटक लेखकको झगडा एलायन्स मोसन पिक्चर एन्ड टेलिभिजनसँग छ जुन डिजनी र नेटफ्लिक्स जस्ता ठुला स्टुडियोको प्रतिनिधित्व गर्छन् । लेखकले स्ट्रिमिङ प्लेटफर्मबाट बढी तलब र लाभ साझेदारीको माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण