रवि लामिछानेका सवारी चालक थापाको मृत्यु
मङ्गलबार, १९ वैशाख २०८०, १५ : १७
काठमाडौँ । घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।
वैशाख ४ गते बिहान ४ बजे चितवनस्थित एक घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुन् । थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण