पुरातात्त्विक सम्पदा मासेर संरचना निर्माण
भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेलधारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहेको छ । २०७० सालमा इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्त्विक सम्पदा भेटिएको सार्वजनिक गरेका थिए । अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन् ।
डा. श्रेष्ठले एक दशकअघि सो क्षेत्रमा लिच्छविकालीन शिवदेव र अंशुवर्माको शिलालेखसँगै बौद्ध, चैत्य तथा प्राचीन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताए । उनका अनुसार साबिक पोखरी रहेको सो क्षेत्रमा अहिले स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदै छन् । उनले भने, “सम्पदा मासेर भौतिक संरचना निर्माण हुनु सम्पदामाथिको अपमान हो, यस्तो कार्य तत्काल रोकिनुपर्छ ।”
सम्पदा क्षेत्रमा निर्माण भइरहेको भौतिक संरचना तत्काल रोक्न स्थानीय सम्पदाप्रेमीले चाँगुनारायण नगरपालिका र पुरातत्त्व विभागअन्तर्गत भक्तपुर दरबार हेरचाह अड्डालाई ध्यानाकर्षण गराएका छन् । अहिले पनि अंशुवर्माको शिलालेखमा चाँगुनारायण (थमखोप्रिङ्ग दङ्ग्र) माथिल्लो भक्तपुरको सहर थियो भन्ने उल्लेख छ । उनले उक्त शिलालेखबाट चाँगुनारायण क्षेत्र प्राचीन सहर थियो भन्ने प्रस्ट भएको उल्लेख गर्दै अहिले पनि ती सम्पदा सोही स्थानमा रहेको बताए ।
भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले सम्पदा क्षेत्रमा स्थानीयले भौतिक संरचना बनाएको दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाको प्रारम्भिक अनुगमनबाट पुष्टि भएको बताए। उनले कार्यालयले छिट्टै थप अनुगमन गरी निर्माणाधीन किरियापुत्री भवन निर्माण कार्य रोक्न चाँगुनारायण नगरपालिकालाई परिपत्र गर्ने तयारी गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण