अनेरास्ववियुका अध्यक्षले भने– राज्य विरुद्धको अपराध गर्नेमाथि कारबाही हुनुपर्छ
बुधबार, २० वैशाख २०८०, १५ : १८
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले राज्य विरुद्धको अपराध गर्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले राज्यविरुद्धको अपराध जुन तहको नेताबाट भए पनि कानुनी कारबाही हुनुपर्ने बताए ।
‘राज्य विरुद्धको अपराध कुन तहको नेताबाट भो भन्ने हुन्न जो सुकै होस कानुनी कारबाही हुनुपर्छ। निष्पक्ष छानबिन होस्,’ उनले लेखेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधवार जिल्ला अदालत काठमाडौँले रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण