जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
बुधबार, २० वैशाख २०८०, १७ : ५५
दाङ । दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं.१८ नवलपुरस्थित स्यूजाली होटेल एन्ड लजमा जुवा खेलिरहेको समयमा नगद रकम, जुवा गड्डीसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक प्रवक्ता राजन गौतमले जानकारी दिए ।
होटेलको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा नगद ९२ हजार २७० रुपैयाँसहित पक्राउ गरिएको गौतमले जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१७ का ४६ वर्षीय माधव गैरे, बंगलाचुली– ४ माधव खड्का, ताराप्रसाद न्यौपाने, बंगलाचुली २ भरत घर्ती, बंगलाचुली– ६ पुष्कर अधिकारी, दिवाकर वली र घोराही १५ नारायणप्रसाद वली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण