सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

बुधबार, २० वैशाख २०८०, १७ : ५५
बुधबार, २० वैशाख २०८०

दाङ । दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं.१८ नवलपुरस्थित स्यूजाली होटेल एन्ड लजमा जुवा खेलिरहेको समयमा नगद रकम, जुवा गड्डीसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक प्रवक्ता राजन गौतमले जानकारी दिए ।

होटेलको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा नगद ९२ हजार २७० रुपैयाँसहित पक्राउ गरिएको गौतमले जानकारी दिए । 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१७ का ४६ वर्षीय माधव गैरे, बंगलाचुली– ४ माधव खड्का, ताराप्रसाद न्यौपाने, बंगलाचुली २ भरत घर्ती, बंगलाचुली– ६ पुष्कर अधिकारी, दिवाकर वली र घोराही १५ नारायणप्रसाद वली रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप