मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु
बुधबार, २० वैशाख २०८०, २२ : ३७

काठमाडौँ । काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।
मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते हुनुभएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए । तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन