नेकपा एमालेका सचिव टोपबहादुरलाई पक्राउ गर्न प्रहरी ‘हाई अलर्ट’
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बुधवार अदालतबाट पक्राउ अनुमती आउँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । उनी कार्यक्रमको विशेष अतिथि हुन् ।
कार्यक्रम सकेर उनी काठमाडौंतिर लागेका छन् । प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको प्रतिक्षामा ‘हाई अलर्ट’ छन् ।
काठमाडौं आएपछि उनलाई सम्भव भएसम्म बुधवार राति नै पक्राउ गरिने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने–‘उहाँलाई राति नै पक्राउ गर्ने तयारी छ ।’
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको नाम लिएका छन् । बयानमा उनले भनेका छन्– ‘हामीलाई टोपबहादुर रायामझीको सहयोग छ ।’ सो बयानका आधारमा अदालतले रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण