सरकार विस्तार
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आज
बिहीबार, २१ वैशाख २०८०, ०६ : ४७
काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए ।
तीनैजना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण