आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
सरकार विस्तार

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आज

बिहीबार, २१ वैशाख २०८०, ०६ : ४७
बिहीबार, २१ वैशाख २०८०

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप