गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको सङ्ख्या ३५ रहेको छ । कांग्रेसको २७ , माओवादी केन्द्रको ७ र एकीकृत समाजवादीको एक गरी ३५ सांसद् पाण्डेको पक्षमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
-
गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
-
अछाममा चट्याङ लागेर चार जना घाइते
-
कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला
-
‘गौँथली’ ट्रेलर : एक युवतीको विवाहपछिको चुनौती र सङ्घर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण