समाचार
एमाले सचिव रायमाझी काठमाडौँ आएनन्, भैरहवामा लुकेको आशंका
बिहीबार, २१ वैशाख २०८०, ०८ : ५९
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको खोजी सूचीमा छन् । बुधवार पुर्जी जारी हुँदा उनि अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए ।
त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी काठमाडौं आएनन् । पूर्व मन्त्री रायमाझी भैरहवामा लुकेको प्रहरीको आशंका छ । भैरहवामा उनको खोजीमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ । शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझीको संलग्नता खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण