प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा तथा मिडिया सम्मेलन जेठ १३ गते गर्ने निर्णय
काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण सभा गर्ने निर्णय गरेको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
महासचिव पौडेलका अनुसार केन्द्रीय साधारणसभा संगठनको स्थापना दिवस अर्थात माघ १५ गते गर्ने भनिएकोमा केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलका गत माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएपछि स्थगित गरिएको थियो ।
बुधबार केन्द्रीय अध्यष विष्णु सापकोटाको अध्यक्षता र संगठनका संस्थापक सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यको प्रमूख उपस्थितिमा भएको बैठकले केन्द्रीय साधारणसभासहित राष्ट्रिय मिडिया भेलासमेत गर्ने निर्णय गरेको हो । जेठ १२ देखि १४ सम्म हुने सो कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमनत्रण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कार्यक्रममा देशभरबाट ६ सय वढि सहभागि हुने बताइएको छ । प्रेस सेन्टरको ७ भौगोलिक प्रदेश सहित उपत्यका, प्रतिष्ठान, एशोसियट र प्रवास गरी ११ प्रदेश र जिल्ला तथा स्थानिय तहसम्म संगठित समितिहरु क्रियाशील रहेका छन् । बैठकले केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण