प्रदेश
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
बिहीबार, २१ वैशाख २०८०, १६ : ४८

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेशसभामा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको सभामुख कृष्णप्रसाद धितालले जनाए ।
मतदान प्रक्रिया सुरु हुँदा प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए । मतदानका क्रममा दुई जना भने तटस्थ रहेका थिए ।
मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए । उनले वैशाख १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार
-
कप्तान रियानको शानदार प्रदर्शनका बावजुद १ रनले चुक्यो राजस्थान
-
कांग्रेसले चार भ्रातृसंस्था भंग गर्ने
-
संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा