आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध, सयौँ सवारी साधन अलपत्र

शुक्रबार, २२ वैशाख २०८०, १० : २६
शुक्रबार, २२ वैशाख २०८०

पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । 

शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठुलो पहिरो खसे पछि सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकमा पहिरो खसेपछि सा राजमार्ग हुँदै सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानीयवासीले जनाएका छन् ।

त्यसमाथि  सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गए पछि  सवारीसाधन सडकमा अलपत्र परेका छन् । 

नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप