लाइसेन्स छाप्न फेरि ढिलाइ
काठमाडौँ । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को सङ्ख्या वृद्धि भइरहेको छ । एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ । यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ ।
तीन चरणमा प्रिन्ट मेसिन सञ्चालन गरेर र नयाँ आवेदन बन्द गरेर छाप्न बाँकी लाइसेन्स छापिएको थियो तर हाल समस्या पुनः दोहोरिएको छ छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । विभागका निर्देशक श्रीचन्द्र शाहले बाँकी रहेको छपाइ सम्पन्न गर्ने योजनामा विभागले थप काम गरिरहेको जानकारी दिए । हाल विभागमा छपाइ कार्ड सकिन लागेको छ । १२ लाखप्रति कार्ड जर्मनीबाट ल्याइँदै छ । उनले भने, “जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ । छिटो छाप्नका लागि स्मार्ट कार्ड मास प्रिन्टरको टेन्डर खुलाइँदै छ। यी काम भएपछि प्रिन्टका लागि कुर्नु नपर्ला।" आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण