पशुबली रोक्न माग गर्दै पशुपति मन्दिरमा सचेतनामूलक कार्यक्रम (फोटो फिचर)
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा पशुबली रोक्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिबार बिहान ब्यानरसहित पशुबली रोक्न आग्रह गर्दै सचेतना कार्यक्रम गरेको हो ।
कुनै सहयोगबिना स्वतःस्फूर्त रूपमा २०७२ सालदेखि यो कार्यक्रम गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्व अध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए ।
२०५२ सालदेखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमित रूपमा अभियान सुरु गरेको प्याकुरेलले बताए । हरेक मंगलबार सडकपेटीहरुमा ब्यानर सहित पशुबली रोक्न आग्रह गर्ने र शनिवार बिहान विभिन्न मन्दिरहरूमा गएर पशुबली रोक्नका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए ।
मान्छेलाई शाकाहारी बनाउका लागि तथा पशुबली निषेध गर्न प्रत्येक साता नियमित रूपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए ।
हिंसा, दुब्र्यशनका समस्या हटाउनका लागि, स्वास्थ्य राम्रो बनाउन र पृथ्वीको वातावरण जोगाउनका लागि यो अभियान थालिएको प्याकुरेलले बताए । अप्राकृतिक रूपमा मासु उत्पादन गर्ने चलन बढेकोले त्यसले पनि शरीरलाई पनि अस्वस्थ बनाउने र विज्ञानले पनि मांसाहारी व्यवहारबाट ग्लोबल वार्मिङ बढेको बताउँदै वनस्पतिजन्य खाना खान भनेकोले शाकाहारी अभियान अघि बढाउन आवश्यक रहेको उल्लेख गरे ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण