यस्तो छ राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
काठमाडौँ । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । चौधौँ अधिवेशनको पहिलो बैठक अपराह्न ४:०० बजे बस्ने तालिका रहेको छ ।
संघीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै अन्य सम्भावित दैनिक कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सभा समक्ष पेस गर्नेछन्।
त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस्" भन्ने प्रस्ताव पेस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण