जापानमा आठ वर्षपछि पुनः हरितगृह ग्यास उत्सर्जनमा वृद्धि
टोकियो । जापानको आर्थिक वर्ष २०२१ मा हरितगृह ग्यास उत्सर्जन आठ वर्षयता पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानको वातावरण मन्त्रालयले अप्रिलमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्कअनुसार मार्च २०२२ मा समाप्त भएको आर्थिक वर्षमा राष्ट्रिय उत्सर्जन १.१७ अर्ब टन कार्बन डाइअक्साइड बराबर थियो, जुन अघिल्लो वर्षको तुलनामा २.३ करोड टन वा २.० प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०२० मा यो आँकडा लगातार सातौं वर्ष निकै तल झरेको थियो । कोभिड–१९ को महामारीका बेला पनि आर्थिक गतिविधिमा सुधार भइरहेकाले औद्योगिक तथा यातायात क्षेत्रमा ऊर्जा खपतमा आएको वृद्धिका कारण यस्तो वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
वनले अवशोषित गर्ने ग्याँसहरू कुल उत्सर्जनबाट घटाइन्छ । यो आँकडा १.१२ अर्ब टनमा पुगेको र आर्थिक वर्ष २०२० को तुलनामा २.० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।
यद्यपि यो आँकडाले आर्थिक वर्ष २०१३ को स्तरबाट २०.३ प्रतिशतले गिरावटको प्रतिनिधित्व गर्दछ, जुन जापानले आधार वर्षको रूपमा प्रयोग गर्दछ । यो अझै पनि वित्तीय वर्ष २०३० सम्ममा ग्याँसलाई ४६ प्रतिशतले घटाउने आफ्नो लक्ष्यबाट टाढा छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण