सुडानमा जारी द्वन्द्व अन्त्य गर्न महासचिव गुटेर्रेसको आग्रह
बुजुम्बुरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।
महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा शुक्रबार बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमिएसँग भेटवार्ता गरेपछि सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका हुन् ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रमा शान्ति, सुरक्षा र सहयोगका लागि ‘अदिस अबाबा फ्रेमवर्क’ सम्झौतासम्बन्धी क्षेत्रीय पर्यवेक्षण संयन्त्रका राष्ट्रप्रमुखहरूको ११औँ शिखर सम्मेलनका क्रममा गुटेर्रेसले बुरुन्डीका राष्ट्रपतिलाई भेटेका हुन् ।
गुटेर्रेसले भने, “हामी सुडानमा अहिले भइरहेको शत्रुता तत्काल अन्त्य गर्न आग्रह गर्दछौं । उनले सुडानी सङ्कट समाधानका लागि क्षेत्रीय व्यापार समूह ‘इन्टरगभर्नमेन्टल अथोरिटी अन डेभलपमेन्ट (आईजीएडी)’ ले गरेको मध्यस्थता प्रयासको प्रशंसा गरे ।
गुटेर्रेसले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को अवस्था पनि चिन्ताजनक रहेको भन्दै समाधानका लागि विश्व समुदाय आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताए ।-(रासस/सिन्ह्वा )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण