पोखरीमा डुबेर जनकपुरमा जुम्ल्याहा दाजुभाइको मृत्यु
जनकपुरधाम । जनकपुरधाममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । शनिबार साँझ करिब सवा ७ बजेको समयमा नुहाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपमहानगरपालिका–२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडि रहेको पोखरीमा दुवै बालक डुबेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जनाएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेको थियो । प्रहरीले पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगे पनि चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेका थिए ।उनीहरूको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण