'४० प्रतिशत जापानी युवाले शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन्'
टोकियो । जापानमा १० देखि १८ वर्ष उमेर समूहका युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो । उत्तरदाताहरूलाई एकभन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो ।
बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गर्नुपर्ने बताएका थिए ।
बालबालिकालाई अपराधबाट जोगाउने र सहयोगको गम्भीर खाँचोमा परेका बालबालिकाको आवाज राम्ररी सुन्ने दुवै प्रश्नको जवाफ ३० प्रतिशतभन्दा बढी थियो ।
निप्पोन फाउन्डेसनका एरिको ताकाहाशीका अनुसार सर्वेक्षणमा केही बालबालिकाले आफ्ना आमाबाबुको आर्थिक अवस्थाका कारण आफूले चाहेको शिक्षाका लागि अनुरोध गर्न हिचकिचाउने गरेको बताएका छन् ।
उनले बालबालिकालाई आफ्नो विचारको सम्मान गर्ने अधिकार छ भन्ने ज्ञान सरकारले फैलाउनुपर्ने र सुधारका लागि ठोस कदम चाल्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण