प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजराजत
अहमदाबाद । साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफमा प्रवेश गरेको छ । टोली चालू सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको टोलीले ५१ औं खेलमा लखनउ सुपरजायन्ट्सलाई ५६ रनले पराजित गर्यो । लखनउमा गुजरातको यो लगातार चौथो जित हो। यो सिजन गुजरातले आठौँ जित हात पारेको छ । अहिले टोलीको १६ अंक छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो । जवाफमा लखनउका ब्याट्सम्यानले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सके ।
गुजरातका लागि ओपनर शुभमन गिलले अविजित ९४ र ऋद्धिमान साहाले ८१ रन बनाए । लखनउका लागि मोहसिन र आवेशले एक एक विकेट लिए ।
जवाफमा क्वीनटन डिककले ७० र काइल मेयर्सले ४८ रन बनाएपनि लखनउलाई जीतसम्म डोर्याउन सकेनन् । आयुष बडोनीले २१ रन जोडे। मोहित शर्माले चार विकेट लिए । मोहम्मद सामी, राशिद खान र नूर अहमदले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण