‘नक्कली भुटानी शरणार्थी प्रकरण दूधको दूध पानीको पानी होस्’
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरू बेच्न संलग्नहरूलाई दूधको दूध र पानीको पानी हुने गरी छानबिन गर्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले यस्तो धारणा राखेका हुन् ।
‘नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरूलाई बेच्ने गरेको त्यो पनि राज्यसत्तामा महत्त्वपूर्ण ठाउँमा बस्ने गरेका मान्छेले भन्ने कुरालाई लिएर सदन तातेको छ’, केसीले भने, ‘यसभन्दा पहिले पनि नेपालका शासकहरू, राज्यसत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्ने गर्दा यसै गरेर सदन तातिन्थ्यो ।’
उनले विगतको उदाहरण दिँदै यस्ता घटनामा सदन केही दिन ताते पनि पछि अर्को प्रकरण आउने र त्यसै सेलाउने गरेको भन्दै यो पटक त्यस्तो हुन नहुने बताए ।
‘त्यसपछि नयाँ काण्ड आउँछन् र सदनको ध्यान अन्त जान्छ । त्यसकारण यो काण्डको दूधको दूध पानीको पानी हुने गरी कारबाही होस’, केसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण