बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार नियमित विद्यार्थीको मात्र अंग्रेजी विषयको परीक्षा, ग्रेड वृद्धिको २८ गते

सोमबार, २५ वैशाख २०८०, २१ : ४१
सोमबार, २५ वैशाख २०८०

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।  पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । उक्त परीक्षामा नियमित विद्यार्थीले मात्र दिन पाउनेछन् ।

ग्रेड बृद्धि तथा आंशिक विद्यार्थीहरूले अङ्ग्रेजी विषयको परीक्षा २८ गते दिनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले सोही अनुसार परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार भोलि (मंगलबार) नियमित विद्यार्थीको मात्र अंग्रेजी विषयको परीक्षा हुन लागेको हो ।

यो वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरिएको छ । जस अनुसार दुई वा सो भन्दा जति विषयमा नन ग्रेडेड अर्थात एनजी छ त्यति विषयको मात्र ग्रेड बृद्धिका लागि परीक्षा दिनुपर्नेछ । 

यसअघि दुई भन्दा बढी विषयमा नन ग्रेडेड भएमा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने प्रावधान थियो । बोर्डको प्रस्तावमा शिक्षा मन्त्रालयले अन्तिम समयमा आएर निर्देशिका संशोधन गरेको हो । संशोधन गरेको सूचना भने बोर्डले परीक्षा हुनु एकदिन अगाडि मात्रै सार्वजनिक गरेको छ ।

भोलिबाट कक्षा १२ को परीक्षा हुँदैछ भने बोर्डले निर्देशिका संशोधनको सूचना आज मात्र जारी गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप