मंगलबार नियमित विद्यार्थीको मात्र अंग्रेजी विषयको परीक्षा, ग्रेड वृद्धिको २८ गते
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । उक्त परीक्षामा नियमित विद्यार्थीले मात्र दिन पाउनेछन् ।
ग्रेड बृद्धि तथा आंशिक विद्यार्थीहरूले अङ्ग्रेजी विषयको परीक्षा २८ गते दिनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले सोही अनुसार परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार भोलि (मंगलबार) नियमित विद्यार्थीको मात्र अंग्रेजी विषयको परीक्षा हुन लागेको हो ।
यो वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरिएको छ । जस अनुसार दुई वा सो भन्दा जति विषयमा नन ग्रेडेड अर्थात एनजी छ त्यति विषयको मात्र ग्रेड बृद्धिका लागि परीक्षा दिनुपर्नेछ ।
यसअघि दुई भन्दा बढी विषयमा नन ग्रेडेड भएमा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने प्रावधान थियो । बोर्डको प्रस्तावमा शिक्षा मन्त्रालयले अन्तिम समयमा आएर निर्देशिका संशोधन गरेको हो । संशोधन गरेको सूचना भने बोर्डले परीक्षा हुनु एकदिन अगाडि मात्रै सार्वजनिक गरेको छ ।
भोलिबाट कक्षा १२ को परीक्षा हुँदैछ भने बोर्डले निर्देशिका संशोधनको सूचना आज मात्र जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण