‘टोपबहादुर रायमाझी, झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् । मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको उनको ‘झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका हुन् ।
एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एकपटक सुनेर आजको बैठकमा निर्णय लिने बताएका थिए । सोहीअनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को ‘घ’ को व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
‘माननीय सदस्यहरु, हिजो मिति २०८०, १ २५ गतेको बैठकमा प्रमुख प्रतिपक्षका माननीय सदस्य भैरवसुन्दर श्रेष्ठले उठाउनुभएको विषयमा सभाको ध्यानाकर्षण भएको छ’ उनले भने, ‘माननीय सदस्यले ध्यानाकर्षण गराउने सन्दर्भमा २०८० वैशाख २४ गतेको बैठकमा दलका नेताहरुले आफ्ना भनाइ राख्ने क्रममा माननीय रमेशजंग रायमाझीबाट प्रयोग भएको शब्द रेकर्डबाट हटाइयोस् भनि माग गर्नुभएकोले उहाँले बोल्दा प्रयोग गर्नुभएको उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी भन्ने शब्द राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को ‘घ’ को व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’
अध्यक्ष तिमिल्सिनाले सदस्यहरुले सभामा बोल्दा राष्ट्रिय सभाको हाल सम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्दहरु प्रयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण