विश्व मिक्स बक्सिङमा आयुब र रुपेशलाई स्वर्ण
मङ्गलबार, २६ वैशाख २०८०, ११ : ५१

काठमाडौँ । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
भारतको जम्मु कश्मीरमा मे ५ देखि ७ तारिखसम्म आयोजना भएको उक्त प्रतियोगितामा आयुब र रुपेशले कुङ्फुको सान्डा स्पर्धामा स्वर्ण पदक जितेको जानकारी बुढानीलकण्ठ कुङ्फुका प्रमुख प्रशिक्षक सुकमान लामाले दिए ।
विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तौलसमूह र रुपेशले ७० केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
पदक जितेर फर्किएका खेलाडीलाई बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे