विश्व मिक्स बक्सिङमा आयुब र रुपेशलाई स्वर्ण
मङ्गलबार, २६ वैशाख २०८०, ११ : ५१
काठमाडौँ । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
भारतको जम्मु कश्मीरमा मे ५ देखि ७ तारिखसम्म आयोजना भएको उक्त प्रतियोगितामा आयुब र रुपेशले कुङ्फुको सान्डा स्पर्धामा स्वर्ण पदक जितेको जानकारी बुढानीलकण्ठ कुङ्फुका प्रमुख प्रशिक्षक सुकमान लामाले दिए ।
विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तौलसमूह र रुपेशले ७० केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
पदक जितेर फर्किएका खेलाडीलाई बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण