मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

मङ्गलबार, २६ वैशाख २०८०, १५ : ३५
मङ्गलबार, २६ वैशाख २०८०

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिइएको छ । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ ।

उनलाई कुन मुद्दामा हिरासतमा लिइएको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ ।

इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप